Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अनलाइन टीभी पत्रकार संघको रोल्पा शाखा गठन, दुर्गमका खबर संसारभर फैलाउने अठोट

अनलाइन टीभी पत्रकार संघको रोल्पा शाखा गठन, दुर्गमका खबर संसारभर फैलाउने अठोट

  • मंगलवार, आषाढ १५ २०७८

  • 1.5K
    SHARES

  • अनलाइन टीभी पत्रकार संघको रोल्पा शाखा गठन, दुर्गमका खबर संसारभर फैलाउने अठोट

    रोल्पा । अनलाइन टीभी पत्रकार संघ नेपालको शाखा विस्तार सुरु भएको छ । रोल्पाको होलेरीमा आयोजित अनलाइन टीभी पत्रकारहरुको प्रथम भेलाले भुवन थापाको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको हो ।

    संघको जिल्ला उपाध्यक्षमा मिलन रोकामगर, सचिवमा रबिन्द्र पुन, सह सचिवमा मोहन डाँगी, कोषाध्यक्षमा बलविर नेपाली चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा दिल मगर, चेतमान वाठा, विरेन्द्र घर्ति, अमृत वली, खगेन्द्र पुन, भुपेन्द्र घर्ति र ज्ञान वहादुर पुन निर्वाचित हुनुभएको छ ।

    शाखाको सल्लाहकारमा भने नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष सन्तोष शर्मा र सहसचिव भिम वलीलाई नियुक्त गरिएको छ । थप दुई सल्लाहकार र एक कार्यसमिति सदस्य पछि मनोनयन गर्ने भेलाले निर्णय गरेको छ ।

    नेपाल अनलाइन टीभी पत्रकार संघका सस्थापक केन्द्रीय सदस्य तथा भेलाका केन्द्रीय प्रतिनिधी अमृतमान वलीको अध्यक्षता एव रुन्टीगढी गाउँपालीकाका अध्यक्ष बालाराम बुढाको प्रमुख आतिथ्यतामा भएको भेलामा नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष सन्तोष शर्मा, नेकपा माओवादी प्रदेश कमिटि सदस्य गोविन्द पुन नजर, नेपाली काँग्रेस रुन्टीगढीका सचिव चेतलाल खत्री, दाङका पत्रकार सुजल जि.एमसहित संघमा आवद्ध २० भन्दा बढी पत्रकारहरुको सहभागी रहेको थियो

    भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी बुढाले संगठीत नयाँ टिमलाई निश्पक्ष भएर जनताको आवाज वोल्न आग्रह गर्नुभयो । साथै पत्रकारीताको धर्मलाई नविर्सीएर आफना गतिवीधि वढाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो ।

    त्यस्तै भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष जीवन भण्डारीले अनलाइन टीभीलाई चौथो पुस्ताको पत्रकारीताको माध्यम भएकाले दिनप्रतिदिन प्रभावकारी हुदै गएकाले जिम्मेबार बन्न पनि आवश्यक रहेको बताउनुभयो ।

    संगठित भएर नै अनलाइन टीभीहरुको सुधार र विकास गर्न सकिने भएकाले विगतमा जान—अन्जानमा भएका कमीकमजोरी आगामी दिनमा नहुने अठोट गर्न पनि सुझाव दिनुभयो । अनलाइन टीभी स्वनियमन निर्देशिका कार्यान्वयन गरेमा धेरै विक्रिति हट्ने र समाजलाई ठूला योगदान दिन सकिने उहाँको भनाई थियो ।

    केन्द्रीय प्रतिनिधी वलीले करीव डेढ बर्ष अगाडी संगठीत हुने प्रयास सुरु भएको र एक बर्ष अगाडि दर्ता भएको संघले राष्ट्रियस्तरमा र नीतिगत क्षेत्रमा धेरै काम गरिसकेको जानकारी दिनुभयो ।

    रोल्पा शाखाले पनि अनुकरणीय कार्यहरु गर्दै यस क्षेत्रका ओझेल परेका खवरहरुलाई संसार भर फैलाउन अनलाइन टीभी पत्रकारहरुलाई प्रेरित गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

    पत्रकार रविन्द्र पुनको स्वागत मन्तव्यवाट सुरुभएको भेलामा सहभागी अन्य अतिथीहरुले पनि संघलाई शशक्त रुपमा लैजान सुझाव दिदै त्यसका लागि आफुहरुको तर्फबाट पनि पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भएको थियो ।

     

     


    मंगलवार, आषाढ १५ २०७८०९:२२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij