Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल–भारत सीमा क्षेत्रमा झडप हुँदा सशस्त्र प्रहरीका एक जवान घाइते

नेपाल–भारत सीमा क्षेत्रमा झडप हुँदा सशस्त्र प्रहरीका एक जवान घाइते

  • शनिवार, श्रावण १० २०७७

  • 1.1K
    SHARES

  • नेपाल–भारत सीमा क्षेत्रमा झडप हुँदा सशस्त्र प्रहरीका एक जवान घाइते

    काठमाडौं । रौतहटको परोहा नगरपालिका–८ नरकटियास्थित नेपाल–भारत सीमा क्षेत्रमा झडप हुँदा सशस्त्र प्रहरीका एक जवान घाइते भएका छन् । सीमा क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुमाथि भारतीय पक्षले हातपात गरेपछि झडप भएको हो ।

    कोरोना भाइरसको संक्रमण फैलिन नदिन १० चैत, २०७६ देखि सीमा नाका बन्द छ । तर भारतीय महिलाहरु घाँस काट्न नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरी बलका जवानहरुले रोकेका थिए ।

    तर उनीहरुले सुरक्षाकर्मीमाथि हातपात गर्न खोजेपछि विवाद भएको थियो । त्यस क्रममा भारतको पूर्वी चम्पारण कवैयाका सीमा देवी कुशवाहाले हसिया प्रहार गर्दा एक जवान घाइते भएका सशस्त्र प्रहरी बल २ छिन्नमस्ता बाहिनीका डीआईजी कृष्णभक्त ब्रहृमचार्यले जानकारी दिनुभयो ।

    झडपका क्रममा भीडलाई तितरवितर बनाउन एक राउण्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल ११ नम्बर गणले जनाएको छ । घटनाले उग्ररुप लिएपछि ११ नम्बर गण हेडक्वाटरबाट ५० जना र ईलाका प्रहरी कार्यालय मौलापुरबाट ३५ जना सुरक्षाकर्मीको टोली परिचालन भएको थियो ।


    शनिवार, श्रावण १० २०७७०४:५०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij