एजेन्सी । इटालियन सिरी ’ए’ फुटबलमा आज तीन खेलहरु हुँदैछन । सिरी ’ए’ मा आज इन्टर मिलान, जिनोआसँग तथा नापोलीले सासौलोसँग र पर्माले ब्रेसियासँग प्रतिस्पर्धा गर्नेछन् लिगको तेस्रो स्थानमा रहेको इन्टर जिनोआविरुद्ध उसैको मैदानमा खेल्ने छ । इन्टर घरेलु टोलीलाई हराएर दोस्रो स्थानमा समेत उक्लन चाहन्छ।
यस्तै नापोली घरेलु मैदानमा सासौलोसँग खेल्नेछ । घरेलु मैदानमा सासौलोलाई हराएर नापोली अंक तालिका सुधार गर्ने योजनामा रहेको छ ।
सातौं स्थानको नापोलीको ५६ अंक रहेको छ । आठौं स्थानको सासौलोको ४८ अंक रहेको छ । सिरी ’ए’ कै अर्को खेलमा पर्माले ब्रेसियासँग खेल्नेछ ।