Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालले स्पेनमा खेल्ने तय भएको त्रिकोणात्मक सिरिज स्थगित हुनको कारण यस्तो (विज्ञप्तिसहित)

नेपालले स्पेनमा खेल्ने तय भएको त्रिकोणात्मक सिरिज स्थगित हुनको कारण यस्तो (विज्ञप्तिसहित)

  • बिहिवार, आषाढ १० २०७८

  • 625
    SHARES

  • नेपालले स्पेनमा खेल्ने तय भएको त्रिकोणात्मक सिरिज स्थगित हुनको कारण यस्तो (विज्ञप्तिसहित)

    काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने भनिएको क्रिकेट सिरिज स्थगित भएको छ ।

    आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको हो ।

    स्पेनमा तय भएको सिरिज स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । आज क्यानले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको प्रभावका कारण सिरिज स्थगित भएको जनाएको छ ।

    ‘कोभिड–१९ को प्रभावका कारण स्पेनमा हुने तय भएको एकदिवसीय क्रिकेट स्थगित भएको हो’, सचिव अशोकनाथ प्याकुरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    उक्त सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको थियो ।

    सिरिज सन् २०२२ सम्मका लागि स्थगित भएको हो । लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । नेपाल ४ अंक जोड्दै छैटौँ स्थानमा छ ।

    205658765_1895715423924738_981815194463727088_n.jpg


    बिहिवार, आषाढ १० २०७८०२:१९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij