Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

रोनाल्डोले बराबरी गरे सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान

रोनाल्डोले बराबरी गरे सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान

  • बिहिवार, आषाढ १० २०७८

  • 1.1K
    SHARES

  • रोनाल्डोले बराबरी गरे सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान

    एजेन्सी - युरोकप फुटबलअन्तर्गत गएराति फ्रान्सविरुद्धको खेलमा दुई गोल गरेसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय गोलसंख्या १ सय ९ पुगेको छ । अन्तर्राष्ट्रिय फुटबलमा इरानका अली दाईले मात्र यति धेरै गोल गरेको इतिहास छ ।

    अलीले १९९३ देखि २००६ सम्म इरानबाट १ सय ४९ खेल खेल्दै १ सय ९ गोल गरेका थिए । रोनाल्डोले आफ्नो १ सय ७८ औं अन्तर्राष्ट्रिय खेलमा यो कीर्तिमान बराबरी गरेका हुन् ।

    जारी युरोकपमा मात्र रोनाल्डोले ५ गोल गरिसकेका छन् । यसअघि उनले हंगेरीविरुद्ध २ र जर्मनीविरुद्ध १ गोल गरेका थिए ।

    रोनाल्डोको पोर्चुगल अहिले युरोकपको दोस्रो चरणमा पुगिसकेको छ । यसर्थ, जारी प्रतियोगितामै रोनाल्डोले सर्वाधिक गोलको एकल कीर्तिमान बनाउने अपेक्षा गरिएको छ ।

     


    बिहिवार, आषाढ १० २०७८०८:३५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij