काठमाडौं । नेपाल टेलिकम (एनटिसी)को मोबाइल फोन सेवामा आएको समस्या समाधान भएको छ ।
बुधबार बिहानैदेखि अवरुद्ध फोन सेवा भर्खरैबाट सेवा नियमित भएको हो । विहानैदेखि देशभर एनिटीसीका प्रिपेड तथा पोष्टपेड नम्बरमा फोन लागिरहेको थिएन । तर, अहिले मर्मत गरेर समस्या समाधान भएसँगै सेवा सुरु भएको टेलिकमले जनाएको छ । मो
बाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही समस्यामा परेका थिए ।