Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
युरोकप :

अन्तिम खेलमा रसियाविरुद्ध रवाफिलो जित निकाल्दै डेनमार्क अन्तिम १६ मा (भिडियोसहित)

अन्तिम खेलमा रसियाविरुद्ध रवाफिलो जित निकाल्दै डेनमार्क अन्तिम १६ मा (भिडियोसहित)

  • मंगलवार, आषाढ ८ २०७८

  • 988
    SHARES

  • अन्तिम खेलमा रसियाविरुद्ध रवाफिलो जित निकाल्दै डेनमार्क अन्तिम १६ मा (भिडियोसहित)

    काठमाडौं – समूह चरणको अन्तिम खेलमा रुसमाथि सनसनीपूर्ण जित हात पार्दै डेनमार्क युरोकप २०२० को अन्तिम –१६ मा प्रवेश गरेको छ ।
    समूह ‘बी’ अन्तर्गत सोमबार राति भएको खेलमा रसियालाई ४–१ गोलअन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।

    घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक–एक गोल गरे । रसियाका लागि आर्टम ज्यूबाले पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो पर्याप्त भएन ।

    खेलको ३८ औं मिनेटमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता २–० को बनाए ।

    ७० औं मिनेटमा रुसका ज्युबाले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । तर ७९ औं मिनेटमा क्रिस्टियनसेन र ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४–१ को जित दिलाए ।

    यस जितपछि डेनमार्क ३ खेलबाट ३ अंकसहित समूह बीको उपविजेता बन्यो । फिनल्याण्ड र रुस समान ३ अंक भएपनि डेनमार्क गोल अन्तरका आधारमा अघि बढेको हो ।

    सुरुवाती दुई खेलमा पराजित भएको डेनमार्कले रसियाविरुद्ध रवाफिलो जित निकाल्दै अन्तिम १६ मा पुगेको हो ।

    डेनमार्क पहिलो खेलमा फिनल्याण्डसँग १–० ले भएको थियो । सो खेलमा प्रमुख खेलाडी क्रिस्टियन इरिक्सन घाइते भएपछि डेनमार्कले फितलो प्रदर्शन गरेको थियो ।

    त्यसैगरी, दोस्रो खेलमा डेनमार्क बेल्जियमसँग २–१ ले पराजित भएको थियो ।

    डेनमार्कसँग खेलमा पराजित भएपछि रसिया भने अन्तिम स्थानमा रहँदै समूह चरणबाट बाहिरिएको छ ।

    पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको रुसले दोस्रो खेलमा फिनल्याण्डलाई १–० ले हराएको थियो ।

    गोलअन्तरका आधारमा फिनल्याण्ड भने तेस्रो भएको छ । समूह चरणका सबै खेल सकिएपछि फिनल्याण्ड अन्तिम १६ मा जाने–नजाने टुंगो लाग्नेछ ।

    यसैगरी, समूह सीको अन्तिम खेलमा युक्रेनलाई पराजित गर्दै अष्ट्रिया दोस्रो चरणमा प्रवेश गरेको छ ।

    3581.jpg

    रोमानियामा गएराति भएको खेलमा अष्ट्रियालाई जित दिाउन क्रिस्टोफ बाउमगट्नरले खेलको २१ औँ मिनेटमा गोल गरेका थिए ।
    सोही समूहको अर्को खेलमा नेदरल्याण्ड्सले नर्थ मेसेडोनियालाई ३–० ले हराएको छ ।

    सो समूहबाट शतप्रतिशत् जित निकाल्दै नेदरल्याण्ड्स पहिलो भएको छ भने दुई खेल जितेको अष्ट्रिया दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।

    युक्रेन ३ अंकका साथ तेस्रो र नर्थ मेसेडोनिया अंकविहीन हुँदै चौथो भएको छ ।


    मंगलवार, आषाढ ८ २०७८११:२१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij