Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग

विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग

  • शनिवार, श्रावण १० २०७७

  • 606
    SHARES

  • विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग

    काठमाडौं । पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड शुल्कबवापत ठूलो रकम विद्युत् प्राधिरणलाई तिनुपर्दा व्यवसायी मारमा परेको भन्दै सो शुल्क मिनाह गर्न माग गरेका हुन् ।

    विपद् समन्वय समितिका संयोजक एवं ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा ढुङ्गानाले बन्दाबन्दीका कारण ठमेलका व्यवसाय बन्द रहेको अवस्थामा विद्युत् युनिट उठेको आधारमा बन्दाबन्दी शुरु भएको मितिदेखि कम्तीमा दुई वर्षसम्म ५० प्रतिशत छुट दिन मन्त्रीसमक्ष आग्रह गरिएको जानकारी दिनुभयो ।

    भेटमा ठमेल पर्यटन विकास परिषद्, ट्रेकिङ एजेन्सिज एशेसिएशन अफ नेपाल (टान) नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), होटल एशोसिएशन अफ नेपाल (हान), टुरिष्ट बस एशोसिएन अफ नेपाल (टिवान), नेपाल एशोसिएएन अफ रयाफ्टिङ एजेन्सिज (नारा), गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), नेपाल कैलाश यात्रा सङ्घलगायत दुई दर्जन संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

    भेटपछि ऊर्जामन्त्री पुनले बन्दाबन्दीका कारण मुलुकको हरेक क्षेत्रमा समस्यामा परेको भन्दै उक्त समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई पहिलेको अवस्थामा फर्काउनका लागि सरकारले गर्नुपर्ने कुनै कसरत बाँकी नराख्ने उल्लेख गर्नुभयो । मन्त्री पुनले पर्यटन क्षेत्रलाई विद्युत् क्षेत्रमा दिने सहुलियतका बारेमा आफूले सम्बन्धित निकायसँग छलफल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । रासस


    शनिवार, श्रावण १० २०७७०१:४५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij