Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि खुकुलो

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि खुकुलो

  • मंगलवार, आषाढ ८ २०७८

  • 686
    SHARES

  • काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि खुकुलो

    काठमाडौं । कोरोना संक्रमण नियन्त्रणको लागि काठमाडौं उपत्यकामा जारी निशेषाज्ञा आज (मंगलबार)देखि निषेधाज्ञा खुकुलो बनाइएको छ।

    केही खुकुलो व्यवस्थासहित एक हप्ताका लागि निषेधाज्ञा आजदेखि लागू भएको छ।

    आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको थियो।

    आजदेखि उपत्यकाका निजी सवारी साधान जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न पाइनेछ।

    यस्तै पसलहरु पनि बार अनुसार खोल्ने व्यवस्था गरिएको छ। आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान, अटोमोबाइल र त्यसका पार्टपुर्जाका पसल खोल्न पाइने छ।

    यस्तै सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पसल खोल्न पाइने निर्णय गरिएको छ।

    बार अनुसार खुल्ने पसल बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न पाइने छ। खाद्यान्न, फलफूल र तरकारी पसल भने यसअघि नै दैनिक बिहान ११ बजेसम्म खुलिरहेका छन्।


    मंगलवार, आषाढ ८ २०७८०७:२४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij