Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

पत्रकार परिचयपत्र दुरुपयोग रोक्न अनलाइन टीभी पत्रकार संघको अनुरोध

पत्रकार परिचयपत्र दुरुपयोग रोक्न अनलाइन टीभी पत्रकार संघको अनुरोध

  • सोमवार, आषाढ ७ २०७८

  • 1.1K
    SHARES

  • पत्रकार परिचयपत्र दुरुपयोग रोक्न अनलाइन टीभी पत्रकार संघको अनुरोध

    काठमाडौँ । पत्रकारका नाममा गैह्रपत्रकारहरुले पत्रकार परिचयपत्रको दुरुपयोग तत्काल रोक्न अनलाइन टीभी पत्रकार संघले माग गरेको छ ।
    संघले प्रेस वक्तव्य जारी गर्दै पत्रकारका नाममा गैह्रपत्रकारहरुले पनि पत्रकार परिचयपत्रको प्रयोग गरेकोप्रति चिन्ता व्यक्त गरेको छ ।

    संघका महासचिव पवन फुयालद्धारा जारी वक्तव्यमा पत्रकार सम्वन्धी विभिन्न संघ संस्था र संचार संस्थाहरुको परिचयपत्र कतिपय गैह्रपत्रकारहरुले पनि प्रयोग गर्ने गरेको गुनासो लामोसमयदेखि आइरहेको स्मरण गराइएको छ ।

    विगतमा देखिएको समस्या समाधानका लागि ठोस पहल नभइरहेकै बेला संघको परिचयपत्र पनि कतिपय असंवन्धीत व्यक्तिहरुले प्रयोग गरेको भन्ने गुनासोहरु आएकाले त्यस बारेमा संघले आन्तरिक रुपमा छानविन गरिरहेको र त्यस्तो दुरुपयोग भएका परिचयपत्र नियन्त्रणमा लिने र रद्ध गराउने निर्णय गरेको संघले जनाएको छ ।

    संघको आज बसेको कार्यसमितिको बैठकले पत्रकारको परिचयपत्र लिएर निषेधाज्ञाको बेलामा पनि हिडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोगगर्नेलगायतका कृयाकलाप भइरहेकोप्रति सरोकारवालाहरुको ध्यानाकर्षण गराउने निर्णय गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

    संघले लामो समयदेखि पत्रकार परिचयपत्रको दुरुपयोग भइरहेको आवाज उठिरहदाँ पनि यसको उचित सम्वोधन नभएकोमा संघलाई दुःख लागेको पनि जनाएको छ ।

    पत्रकार परिचयपत्रको दुरुपयोग रोक्न सरोकारवालाहरुले ध्यान दिनुहुन, छानविनलाई कडाई गर्नुहुन, शंका लागेमा सोधीखोजी गर्नुहुन र दुरुपयोग भएको पाइएमा सम्वन्धीत निकायहरुमा खवर गरिदिनुहुन पनि संघले सवैलाई अनुरोध छ ।

    साथै पत्रकार परिचयपत्र दुरुपयोग नियन्त्रण गर्ने सिलसिलामा प्रेस स्वतन्त्रतालाई असर पर्ने गतिविधि नगर्नुहुन पनि संघले सरोकारवाला सवैको ध्यानाकर्षण गराएको छ ।


    सोमवार, आषाढ ७ २०७८०७:५२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij