Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ

  • बिहिवार, आषाढ १८ २०७७

  • 807
    SHARES

  • स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ

    रौतहट । स्रोत नखुलेको १० लाख रुपैयाँसहित रौतहटबाट एक जना पक्राउ परेका छन् । बुधबार साझ गौर–२ महादेवपट्टिबाट २३ वर्षीय अविनाश गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुुुक्त गस्ती टोलीले भारतीय नम्बरको बिआर ० क्यु २५३३ मोटरसाइकल रोकेर जाँच गर्दा १० लाख नगद फेला परेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका गुप्तालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले यसअघि पनि सीमा क्षेत्रबाट १८ लाखभन्दा बढी रकम बरामद गरेको थियो ।


    बिहिवार, आषाढ १८ २०७७१०:०८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij