Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

राहत तथा उद्धारमा खटिएको ‘हाम्रो टिम’लाई कार्यालय हटाउन दवाव, पूर्वाग्रह राखिएको गुनासो

राहत तथा उद्धारमा खटिएको ‘हाम्रो टिम’लाई कार्यालय हटाउन दवाव, पूर्वाग्रह राखिएको गुनासो

  • शनिवार, आषाढ ५ २०७८

  • 1.2K
    SHARES

  • राहत तथा उद्धारमा खटिएको ‘हाम्रो टिम’लाई कार्यालय हटाउन दवाव, पूर्वाग्रह राखिएको गुनासो

    काठमाडौं । सामाजिक सेवामा अनुकरणीय कार्य गर्दै आइरहेको हाम्रो टिम नेपालको कार्यालय हटाउन केही व्यक्तिहरुले दवाव दिइरहेका छन् । काठमाडौको अनामनगरस्थीत सार्वजनिक स्थलमा कार्यालय संचालन गर्दै आइरहेको हाम्रो टिमलाई स्थानीय केही व्यक्तिहरुले अनेक बाहना बनाएर हटाउन लागेका हुन् ।

    काठमाडौको वडा नं.२९ को वडा कार्यालयले हाम्रो टिम नेपाललाई कार्यालय संचालनका लागि अनुमति दिएको भएपनि स्थानीय केही व्यक्तिले हटाउन खोजेको हाम्रो टिमका अध्यक्ष विमल पन्तले जानकारी दिनुभयो ।

    अहिले कार्यालय सञ्चालन गरिरहेको ठाउँमा पार्क बनाउन लागिएको भन्दै कार्यालय हटाउन आफुहरुलाई दवाव आएको उहाँले बताउनुभयो । आफुहरु सेवा तथा उद्धारका लागि सिन्धुपाल्चोक, कालिकोटलगायतका बाढी प्रभावित क्षेत्रमा खटिएका बेला षड्यन्त्र र पुर्वाग्रहपुर्वक तरिकाले आफुहरुलाई हटाउन लागिएको उहाँको गुनासो छ ।

    अहिले पार्क बनाउने भन्दा बाढी पहिरो र कोरोनाबाट प्रभावितहरुलाई राहत तथा सेवा प्रदानलाई प्राथमिकता दिनुपर्ने बेलामा उल्टो भएको अध्यक्ष पन्तले तर्क गर्नुभयो ।

    “अहिले देशभरी बाढी पहिरो र कोरोनाको महामारी चलिरहेको छ, सक्नेले नसक्नेलाई सहयोगमा लाग्नु पर्ने बेला हो, तर यहाँ सेवा तथा राहतका कार्यलाई नै अवरोध हुनेगरी पार्क बनाउन खोजिएको छ, यो पार्क बनाउने बेला हो ?” उहाँले प्रतिप्रश्न गर्नुभयो ।

    आफुहरुले राम्रो काम गरेको देखेर केही व्यक्तिहरुले डाहा गरेर अफ्ट्योरो पार्न खोजेको उहाँले आरोप लगाउनुभयो । अनामनगरका स्थानीय बासिन्दा रक्षा रैका मगर, ओम उप्रेती लगायतले आफुहरुलाई पटक पटक कार्यालयस्थलबाट हटाउन लागेको उहाँले बताउनुभयो ।

    उप्रेती एमालेबाट वडा अध्यक्षका लागि उम्मेदवार भएपनि पराजित भएका व्यक्ति भएकाले असहयोग गरेको हुनसक्ने अन्य स्थानीयको भनाई छ ।

    हाम्रो टिमले काठमाडौलगायत देशका विभन्नि ठाउँमा राहत सामग्रीहरु वितरण गर्दै आइरहेको छ । त्यसैगरी हजारौँ विपन्न विरामीलाई अक्सीजन सिलिन्डर समेत वितरण गरेको थियो ।

    उनीहरुले गत बर्षदेखि अहिलेसम्म पनि काठमाडौमा दैनिक औसतमा २०० जनालाई निःशुल्क खाना खुवाउने गरेका छन । हाम्रो टिम नेपालले यसअघि निःशुल्क कपडा बैंक र ६५ रुपैयामा खाना घर पनि संचालन गरेको थियो ।

    निषेधाज्ञाका कारण खाना घर अहिले बन्द रहेको छ । खाना घर निषेधाज्ञा खुलेपछि फेरि संचालन गरिने खाना घरकी संचालक कविता पौडेलले जानकारी दिनुभयो ।

    युवाहरुले सामाजिक क्षेत्रमा अनुकरणीय कार्य गरिरहेका बेला हाम्रो टिम नेपाललाई निरुत्साहित र असहयोग गर्ने कार्य अन्यायपूर्ण भएको भन्दै धेरै विरोध जनाएका छन् ।

     

     


    शनिवार, आषाढ ५ २०७८०९:४७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij