Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गोर्खामा खोला थुनिएपछि जोखिममा परेकालाई सुरक्षित स्थानमा सारियो

गोर्खामा खोला थुनिएपछि जोखिममा परेकालाई सुरक्षित स्थानमा सारियो

  • शनिवार, श्रावण १० २०७७

  • 710
    SHARES

  • गोर्खामा खोला थुनिएपछि जोखिममा परेकालाई सुरक्षित स्थानमा सारियो


    गोरखा । पहिरोले गोरखाको नौली खोला थुनिएपछि जोखिममा परेकालाई सुरक्षित स्थानमा सारिएको छ । धार्चे गाउँपालिका–७ लापुस्थित मापुडाँडामा पहिरो खस्दा नौली खोला थनिएको हो ।

    शुक्रबार रातिबाट माथिल्लो चिंगार डाँडा नै खसेर खोला थुनिएको वडाध्यक्ष सूर्यमान गुरुङले बताउनुभयो । उहाँका अनुसार हिजो बेलुकी सात बजेदेखि पहिरो खस्न शुरु गरेको हो । पहिरो खोलामा थुप्रिएपछि रातिदेखि खोला थनिएको गुरुङले बताउनुभयो ।

    खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा रहेको उहाँले बताउनुभयो । जोखिम वस्तीका स्थानीयलाई सुरक्षित स्थानमा लगेर राखिएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।


    शनिवार, श्रावण १० २०७७१२:१७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij