Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • शनिवार, श्रावण १० २०७७

  • 585
    SHARES

  • देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

    काठमाडौं। देशभर मनसुनी वायुको प्रभावमा कायमै रहेको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको दक्षिण भागमा न्यूनचापीय क्षेत्र रहेको छ। अहिले देशभर सामान्य बदली रही थोरै  स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

    आगामी २४ घण्टा देशका  केही  स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। बागमती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा  मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत  सम्भावना  रहेको विभागले जनाएको छ।

    ती  स्थानका  नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने, ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।


    शनिवार, श्रावण १० २०७७०६:५०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij