Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

युरोकपमा आज तीन खेल हुँदै

युरोकपमा आज तीन खेल हुँदै

  • बिहिवार, आषाढ ३ २०७८

  • 892
    SHARES

  • युरोकपमा आज तीन खेल हुँदै

    एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (बिहीबार) तीन खेलहरु हुँदैछ ।

    युरोकपको समूह चरण अन्तर्गत आज समूह 'सी' को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ ।

    आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘सी’ मा रहेको दुई टोलिबीचको खेल साँझ ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

    आज युक्रेन पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३२ गोल अन्तरले पराजित भएको थियो ।

    नर्थ म्यासेडोनिया पनि पहिलो जितको खोजीमा हुनेछ । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३-१ ले पराजित भएको थियो । युक्रेन समूहको तेस्रो र नर्थ म्यासेडोनिया चौंथो स्थानमा रहेको छ ।

    आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ बेल्जियम र डेनमार्कबीचको खेल राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

    बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३-० ले हराएको थियो । ३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ ।

    kasper_schmeichel_of_denmark_xleftx_and_eden_hazard_of_belgium_xrightx__xgettyx.jpg_1624932088.jpg

    डेनमार्क भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो । पुछारमा रहेको डेनमार्क पहिलो अंक जोड्न चाहन्छ ।

    आज हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘सी’ मा रहेका दुई टिमबीचको खेल राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

    नेदरल्यान्ड्स लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो ।

    अष्ट्रिया पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको थियो ।


    बिहिवार, आषाढ ३ २०७८०७:५९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij