काठमाडौं – काठमाडौंस्थित सिंहदरबारमा अहिले विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बसिरहेको छ । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले क्षति पु¥याएको खबर सार्वजनिक भएलगत्तै समितिको बैठक सिंहदरबार बसेको हो ।
बैठकमा सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था र गर्नुपर्ने कामका विषयमा छलफल हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख अनिल पोखरेलले जानकारी दिनु भयो । कार्यकारी समितिको अध्यक्ष गृहमन्त्री हुने व्यवस्था छ ।
सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ । मनाङ, म्याग्दी, दाङलगायतका अन्य जिल्ला पनि बाढी पहिरोबाट प्रभावित भएका छन् ।