Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकियो

स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकियो

चेक रिपब्लिकको स्कटल्यान्डमाथि सनसनीपूर्ण जित
  • मंगलवार, आषाढ १ २०७८

  • 1.2K
    SHARES

  • स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकियो

    एजेन्सी – युरोपेली च्याम्पियनसिप (युरो कप) फुटबलअन्तर्गत समूह ई को खेलमा स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको छ । यससँगै स्पेनले तुलनात्मक कमजोर मानिएको स्विेडनसँग घरेलु मैदानमा अंक बाड्न बाध्य भएको छ ।

    खेलको ३९ औं मिनेटमा अल्भारो मोराटाले स्पेनलाई अग्रता दिलाउने सुवर्ण अवसर गुमाएका थिए । कप्तान जोर्डी अल्बाले दिएको चिप पासलाई स्विडेनका ड्यानिएल्सनले क्लियर गर्न नसक्दा पेनाल्टी क्षेत्र भित्र वन भर्सेस वनको स्थितिमा मोराटा गोल गर्नबाट चुकेका थिए ।

    यसपछि पनि स्पेनका खेलाडीहरुले बल पोसेसनमा पकड जमाउँदै धेरै आक्रमणका प्रयास गरेका थिए । तर, सफल हुन सकेनन् ।

    यस बराबरीसँगै स्पेन र स्विडेनले पहिलो खेलमा अंक बाँडेका छन् ।

    त्यसअघि समूह ई कै पहिलो खेलमा स्लोभाकियाले पोल्यान्डमाथि जित दर्ता गरेको थियो । १० खेलाडीमा सिमित पोल्यान्डलाई स्लोभाकियाले २–१ ले स्तब्ध पारेको थियो ।

    त्यस्तै, जर्मन क्लब बायर लिभरकुसनका फरवार्ड प्याट्रिक सिकको दुई गोल मद्दतमा चेक रिपब्लिकले स्कटल्यान्डमाथि सनसनीपुर्ण जित हात पारेको छ । सोमबार साँझ भएको खेलमा चेक रिपब्लिकले घरेलु टोली स्कटल्यान्डमाथि २–० को जित निकालेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक

    खेलमा दुवै टोलीले खेलको सुरुवातदेखि नै आक्रमक फुटबल खेलेका थिए ।

    Patrik-Schick-1024x531.jpg

    चेक रिपब्लिकले ११ वर्षपछि स्कटल्यान्डलाई हराएको हो ।

    यो जितसँगै समूह ‘डी’ मा चेक रिपब्लिक ३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ३ अंक भएपनि गोल अन्तरमा इंग्ल्यान्ड दोस्रो स्थानमा छ । क्रोएसिया तेस्रो तथा स्कटल्यान्ड पुछारमा छ ।


    मंगलवार, आषाढ १ २०७८११:३९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij