Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी

  • शुक्रवार, श्रावण ९ २०७७

  • 714
    SHARES

  • वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी

    कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पुनः अनिश्चितकालीन निषेधाज्ञा लागु गरेको छ ।

    वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति ५ थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले आज डाकेको सर्वपक्षीय बैठकबाट निस्केको निष्कर्षानुसार महानगरपालिकाका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेक निषेधाज्ञा लागु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।

    यसैबीच पर्सामा थप ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ७ महिलासहितमा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। मदन उपाध्यायले बताए ।

    उनका अनुसार सङ्क्रमित हुनेमा नौमहिने बालकदेखि ६० वर्षीयासमेत छन् । सङ्क्रमित हुनेमा छिपहरमाई गाउँपालिका– ३ का २३ वर्षीय पुरुष, बहुदरामाई नगरपालिका– ५ भौराटारका ३३ वर्षीय पुरुष, पकाहा मैनपुर गाउँपालिका– ३ सवैठवाका ५० र २७ वर्षीय पुरुष तथा अन्य सबै वीरगञ्ज निवासी रहेको जनाइएको छ ।

    वडा प्रहरी कार्यालय श्रीपुर वीरगञ्जको थुनुवा कक्षमा रहेका ५ थुनुवा पनि सङ्क्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । उनका अनुसार सङ्क्रमित हुनेमा २६ जना पर्साका, १ जना बाराका र ५ जना भारतीय छन् । यसअघि पनि १७ जनामा कोरोना सङ्क्रमण फेला परेको थियो । सोमध्ये १ जनाको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । रासस


    शुक्रवार, श्रावण ९ २०७७०५:३४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij