Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

हाम्रो टिम नेपालद्धारा पाल्पाको रामपुरमा खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण

हाम्रो टिम नेपालद्धारा पाल्पाको रामपुरमा खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण

  • सोमवार, जेठ ३१ २०७८

  • 1.3K
    SHARES

  • हाम्रो टिम नेपालद्धारा पाल्पाको रामपुरमा खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण

    काठमाडौँँ । काठमाडौबाट सामाजिक क्षेत्रमा सक्रिय हाम्रो टिम नेपालले पाल्पाको रामपुर नगरपालिकामा पनि खाद्यान्न तथा स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ ।

    हाम्रो टिमले रामपुर नगरपालिका वडा नंं.१० का दलित तथा जनजातिका ४५ परिवारलाई खाद्यान्न सामग्रीहरु वितरण गरेको अध्यक्ष विमल पन्तले जानकारी दिनुभयो ।

    कोरोनाभाइरसको महामारीका कारण खाद्य संकटमा परेकाहरुलाई नेप्लीज व्रिटिस कम्युनिटि युकेको सहयोगमा ती सामग्रीहरु वितरण गरिएको उहाँले बताउनुभयो ।

    हाम्रो टिमले ५० शैयाको रामपुर अस्पताललाई चार हजार मास्क र १० लिटर सेनिटाइजर प्रदान गरेको हाम्रो टिमका लुम्बिनी संयोजक बिश्वबन्दु भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी इलाका प्रहरी कार्यालय रामपुरलाई १५ सय मास्क र पाच लिटर सेनिटाइजार र गेझा स्वास्थ्य चौकी तथा जनकल्याण उच्च माविलाई पाँच सय प्रदान गरेको पनि उहाँले बताउनुभयो ।

    तनहुँको घिरिङ्का ३५ परिवारलाई पनि खाद्यान्न वितरण गरिएको हाम्रो टिमका संस्थापक लक्ष्मण सिंह धामीले जानकारी दिनुभयो ।
    हाम्रो टिमले काठमाडौलगायत देशका विभन्नि ठाउँमा राहत सामग्रीहरु वितरण गर्दै आइरहेको छ । त्यसैगरी हजारौँ विपन्न विरामीलाई अक्सीजन सिलिन्डर समेत वितरण गरेको थियो । उनीहरुले गत बर्षदेखि अहिलेसम्म पनि काठमाडौमा दैनिक औसतमा २०० जनालाई निःशुल्क खाना खुवाउने गरेका छन ।

    हाम्रो टिम नेपालले यसअघि निःशुल्क कपडा बैंक र ६५ रुपैयामा खाना घर पनि संचालन गरेको थियो । निषेधाज्ञाका कारण खाना घर अहिले बन्द रहेको छ । खाना घर निषेधाज्ञा खुलेपछि फेरि संचालन गरिने खाना घरकी संचालक कविता पौडेलले जानकारी दिनुभयो ।

     


    सोमवार, जेठ ३१ २०७८०६:४०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij