Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

११ वर्षीया छोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा बाबु पक्राउ

११ वर्षीया छोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा बाबु पक्राउ

  • शुक्रवार, श्रावण ९ २०७७

  • 567
    SHARES

  • ११ वर्षीया छोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा बाबु पक्राउ

    कञ्चनपुरको बेलौरीमा आफ्नै छोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ११ वर्षीया आफ्नै छोरी माथि जबर्जस्तीकरणी गरेको आरोपमा बेलौरी नगरपालिका वडा नम्बर ५ का ४० वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले घटनाबारे प्रहरीलाई खबर आएपछि आरोपितलाई घरबाटै पक्राउ गरिएको बताउनु भयो । छोराछोरीसंगै सुतेका ती पुरुषले मध्यरातमा छोरीमाथि जबर्जस्तीकरणी गरेपछि परिवारकै अन्य सदस्यले प्रहरीलाई खबर गरेका थिए । घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको माग गरिएको छ ।

    बालिकाको सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य चेकजाँच भइरहेको र दोषीमाथि थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभएको छ ।


    शुक्रवार, श्रावण ९ २०७७०५:२१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij