Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

करेन्ट लागेर सोलुखुम्बुमा दुई जनाको मृत्यु

करेन्ट लागेर सोलुखुम्बुमा दुई जनाको मृत्यु

  • शुक्रवार, जेठ २८ २०७८

  • 1.2K
    SHARES

  • करेन्ट लागेर सोलुखुम्बुमा दुई जनाको मृत्यु

    सोलुखुम्बुु । सोलुखुम्बुको पत्तालेस्थित सेतो मानेमा क्रेनले हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज (शुक्रबार) क्रेनले ३२ केभी विद्युत हाइटेन्सन लाइमा छुँदा घट्नास्थलमै दुई जनाएको ज्यान गएको हो ।

    ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको क्रेन मर्मत सम्भारका लागि लोबेड गाडीमा पोखरा लैजाने क्रममा हाइटेन्सन लाइनमा छुँदा दुर्घटना भएको हो ।

    ज्यान गुमाउनेमा लोबेड चालक बाग्लुङका २६ वर्षीय भुमिराज मरासिनि र क्रेन चालक स्याङजाका २४ बर्षिय राम परियार रहेका छन् । चार जना सवारमध्ये दुई जना घाइते भएका छन् ।

    घाइतेहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी कवित कटुवालले जानकारी दिए । घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    शुक्रवार, जेठ २८ २०७८१०:०७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij