Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

१३३ जना नयाँ संक्रमित थपिए, १०७ डिस्चार्ज

१३३ जना नयाँ संक्रमित थपिए, १०७ डिस्चार्ज

  • शुक्रवार, श्रावण ९ २०७७

  • 799
    SHARES

  • १३३ जना नयाँ संक्रमित थपिए, १०७ डिस्चार्ज

    काठमाडौँ – नेपालमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा ३ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण गरिएकोमा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफ्रिङका क्रममा जानकारी दिए ।

    उनका अनुसार यो सँगै नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ८३ रहेको छ । पछिल्लो चौबिस घण्टामा १०७ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।

    प्रवक्ता डा. गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

    शुक्रबार पर्साकी ८५ वर्षीया महिलाको निधन भएको हो । मुटु सम्बन्धी रोग र निमोनिबाट समेत ग्रसित रहेकी उनको कोरोना संक्रमणका कारण शुक्रबार बिहान नारायणी अस्पतालमा निधन भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

    योसँगै नेपालमा कोरोना संत्रमणका कारण निधन हुनेको संख्या ४४ पुगेको उनले बताए । हालसम्म कोरोना संक्रमित भएकाहरुको संख्या १९ हजार ४ सय ४४ रहेको छ ।


    शुक्रवार, श्रावण ९ २०७७०४:२७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij