Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

युट्युबमा अमर्यादीत भिडियो हाल्नेलाई अब १ लाख जरिवानादेखि ५ वर्षसम्म कैद हुन सक्ने

युट्युबमा अमर्यादीत भिडियो हाल्नेलाई अब १ लाख जरिवानादेखि ५ वर्षसम्म कैद हुन सक्ने

  • सोमवार, जेठ २४ २०७८

  • 1.1K
    SHARES

  • युट्युबमा अमर्यादीत भिडियो हाल्नेलाई अब १ लाख  जरिवानादेखि ५ वर्षसम्म कैद हुन सक्ने

    काठमाडौँ । सामाजिक सञ्जालमा अश्लील र अमर्यादीत भिडियो छ्याप्छ्याप्ती अप्लोड हुन थालेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले त्यस्ता भिडियोमाथि निगरानी बढाएको छ ।

    जानेर वा नजानेर रमाइलोका लागि त्यस्ता भिडियो अप्लोड तथा शेयर भइरहेका बेला प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीले सोमबार विज्ञप्ति जारी गरेर सामाजिक सञ्जालमा अश्लील, अमर्यादीत र चरित्र हत्या गर्ने खालका भिडियो शेयर नगर्न आग्रह गरेको छ ।

    शेयर गरेमा विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने चेतावनी पनि दिएको छ। ऐनमा त्यस्तो गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने सक्ने व्यवस्था गरिएको छ।

    ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरु बनाउने, प्रकाशन, प्रसारण गर्ने जस्ता कार्यहरु नगर्न/नगराउन हुन सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्युब लगायतमा व्यक्तिहरुको तस्विर, भिडियो दुरुपयोग गर्दै प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री कसैप्रति घृणा वा द्वेष फैलाउने उद्देश्यबाट प्रकाशन, प्रसारण नगर्न अनुरोध गरेको हो।

    youtube.jpg


    सोमवार, जेठ २४ २०७८०७:२१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij