Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

फ्रेन्च कपको फाइनलमा पीएसजीले सेन्ट इटियेनको सामना गर्ने

फ्रेन्च कपको फाइनलमा पीएसजीले सेन्ट इटियेनको सामना गर्ने

  • शुक्रवार, श्रावण ९ २०७७

  • 697
    SHARES

  • फ्रेन्च कपको फाइनलमा पीएसजीले सेन्ट इटियेनको सामना गर्ने

    एजेन्सी । विश्वभर माहामारीका रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड– १९ को कारण स्थगित फ्रेन्च कप फुटबलको फाइनल खेल आज (शुक्रबार) राति हुनेभएको छ ।

    आजको फाइनल खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सेन्ट इटियेनको सामना गर्ने छ । स्टेड डी फ्रान्स रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति १२ः४५ बाट सुरु हुने छ । आजको फाइनल खेल जित्दै दुवै टोली उपाधिमाथी कब्जा जमाउने दाउँमा हुनेछन् ।

    कोरोनाको महामारीको कारण लिग स्थगित भएपनि पीएसजीले यस सिजनको लिग वान उपाधि जितिसकेको छ । त्यसैले पीएसजी अर्को उपाधिको रुपमा फ्रेन्च कप जित्न चाहन्छ ।

    कपको सर्वाधिक सफल टिम पीएसजीले पछिल्लो पटक सन् २०१८ मा उपाधि जितेको थियो । पीएसजीले हालसम्म १२ पटक फ्रेन्च कप जितिसकेको छ । इटियेन भने पीएसजीलाई हराएर सातौं पटक फ्रेन्च कप जित्न चाहन्छ । इटियेनले हालसम्म ६ पटक उपाधि जितिसकेको छ ।


    शुक्रवार, श्रावण ९ २०७७०२:३८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij