काठमाडौं । राजधानीको सीतापाइलामा एक युवतीलाई एसीड आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
घटनामा संलग्न रहेको आरोपमा काठमाडौँको डल्लुस्थित एक गारमेन्ट उद्योगका सञ्चालक ४७ वर्षीय मोहम्मद आलम र त्यहाँ कार्यरत २३ वर्षीय भारतीय नागरिक मुन्ना अहमदलाई प्रहरीले सार्वजनिक गरेको हो ।
दुवैजनालाई गएराति प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार आलम एसिड आक्रमणका मुख्य योजनाकार हुन् । उनले आफ्नो गारमेन्टमा कार्यरत मुन्ना अहमदको साथ लिएर २२ वर्षीया युवती पवित्रा कार्कीमाथि एसिड आक्रमण गरेका हुन् ।
पीडित युवतीले दुई वर्षअघि आलमको गारमेन्टमा एक महिना जति काम गरेको खुलेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।