काठमाडौं - काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको बैठकले ३१ जेठसम्मलाई थपेको निषेधाज्ञामा केही नियम परिवर्तन गरेका छ ।
यसअघि निर्माण ढुवानीका सवारी साधन चलाउन रोक लगाइएको थियो । अब निश्चित समय तोकेर त्यस्ता सवारी साधनलाई चल्न दिइने भएको छ ।
शुक्रबारदेखि बिहान ९ बजेसम्म तरकारी, फलफूल, किरानालगायत पसलहरू खुल्ने काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले बताउनुभयो ।