Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल :

चारपटकको विश्वविजेता जर्मनी डेनमार्कसँग बराबरीमा रोकियो ( ४ तस्बिरसहित)

चारपटकको विश्वविजेता जर्मनी डेनमार्कसँग बराबरीमा रोकियो ( ४ तस्बिरसहित)

विश्वविजेता फ्रान्स र इंग्ल्याण्ड विजयी
  • बिहिवार, जेठ २० २०७८

  • 1.4K
    SHARES

  • चारपटकको विश्वविजेता जर्मनी डेनमार्कसँग बराबरीमा रोकियो ( ४ तस्बिरसहित)

    एजेन्सी - अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा चारपटकको विश्वविजेता जर्मनी डेनमार्कसँग १–१ को बराबरीमा रोकिएको छ । फ्लोरियन नेउहाउसले ४८औ मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । तर ७१औं मिनेटमा युसुफ पाउलसेनले डेनमार्कका लागि गोल फर्काउँदै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै गोल हुन नसकेपछि खेल बराबरीमा सकियो ।

    त्यस्तै, विश्व विजेता फ्रान्सले वेल्सलाई ३–० ले हराएको छ । युरोकप २०२० अघि तयारीस्वरुप खेलिएको मैत्रीपूर्ण खेलमा फ्रान्सले घरेलु मैदानमा १० खेलाडीमा सीमित वेल्समाथि सहज जित हात पारेको हो ।

    urocup.jpg

    एलिएन्ज एभेइरियामा भएको खेलको २६औं मिनेटमा वेल्सका नेको विलियम्स रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । नेकोले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि रातो कार्ड पाए भने फ्रान्सले पेनाल्टी पायो ।

    तर करिम बेन्जामाले पेनाल्टीमा गोल गर्न सकेनन् । २०१५ अक्टोबरपछि पहिलो पटक फ्रान्सका लागि खेलिरहेका बेन्जामाको प्रहार वेल्सका गोलकिपर डानी वार्डले बचाएका थिए ।

    ३५औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा अग्रता दिलाए ।

    दोस्रो हाफमा फ्रान्सले दुई गोल ग¥यो । ४८औं मिनेटमा एन्टोनी ग्रिजमन र ७९औं मिनेटमा उसमान डेम्बेलेले गोल गरे ।

    युरोकपमा फ्रान्स समूह एफमा छ । यस समूहमा साविक विजेता पोर्चुगलसँगै जर्मनी र हंगेरी पनि छ ।

    Eng-Win-1024x576.jpg

    यस्तै अर्को खेलमा इंग्ल्याण्डले अष्ट्रियालाई १–० ले पराजित गरेको छ । इंग्ल्याणडका लागि बुकाया साकोले ५६औं मिनेटमा गोल गरे ।

    यस्तै मेम्फिस डिपाएले दुई गोल गरेपछि नेदरल्याण्डले दुई पटक पछि परेको अवस्था उल्टाउँदै स्कटल्याण्डसँग २–२ को बराबरी खेलेको छ ।

    स्कटल्याण्डका लागि ज्याक हेन्ड्रीले ११औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए तर डिपाएले १७औं मिनेटमा डच टोलीका लागि बराबरी गोल फर्काए । ६४औं मिनेटमा केभिन निसबेटले गोल गर्दै स्कटल्याण्डलाई फेरि अग्रता दिलाए । तर खेल सकिन एक मिनेट अघि डिपाएले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्याण्ड्सको हार टारे ।

    Memphis-depay-1024x576.jpg

    युरोकपमा छनोट भएका २४ टोली अहिले त्यसैको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेलिरहेका छन् । हरेक टोलीले युरोअघि २ मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । यरोकप जुन ११ बाट सुरु हुँदैछ । योपटकको युरोपमा युरोपका ११ देशमा हुँदैछ ।


    बिहिवार, जेठ २० २०७८०१:०६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij