Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आईपीएल सुरु गर्ने तयारी, सेप्टेम्बर १९ बाट हुन सक्ने

आईपीएल सुरु गर्ने तयारी, सेप्टेम्बर १९ बाट हुन सक्ने

  • शुक्रवार, श्रावण ९ २०७७

  • 936
    SHARES

  • आईपीएल  सुरु गर्ने तयारी, सेप्टेम्बर १९ बाट हुन सक्ने

    एजेन्सी । बहुचर्चीत ईन्डियन प्रिमियर लिग (आईपीएल) सेप्टेम्बर १९ बाट सुरु गर्ने तयारी थालिएको छ । एसिया कप र टी–२० विश्वकप यस बर्ष रद्ध भएसंगै आईपीएल आयोजनाको बाटो खुलेको हो ।

    भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि आईपीएल प्रतियोगिता यूएईमा हुने तय भएको छ । सेप्टेम्बरको तेस्रो साता सुरु भएर नोभेम्बर ८ मा फाईनल खेलाउने तयारी गरिएको आईपीएलका फ्रेन्चाईज टिमलाई जानकारी दिईएको छ । फ्रेन्चाईज टिमलाई अगष्टको अन्तिममा यूएई लैजाने तयारी गरिएको हो ।

    केही दिनमा हुने आईपीएलको गभर्निङ काउन्सिलको बैठकले खेलको मितिलाई तय गर्नेछ ।
    बीसीसीआईका अधिकारीका अनुसार बोर्डसंग सम्बन्धित टिमले यूएईमा अमिरात, ईतिहाद जस्ता एयरलाईन्ससंग सम्पर्क गरेर विमान सेवा सुरु गर्ने बिषयमा छलफल गरेको छ ।

    आईपीएलको गभर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले एक अन्तरवार्तामा यस बर्षको आईपीएल यूएईमा आयोजना गरिने बताएका थिए ।


    शुक्रवार, श्रावण ९ २०७७१२:२०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij