Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इंग्ल्यान्ड वेष्ट इन्डिज तेस्रो तथा अन्तिम टेष्ट आजबाट

इंग्ल्यान्ड वेष्ट इन्डिज तेस्रो तथा अन्तिम टेष्ट आजबाट

  • शुक्रवार, श्रावण ९ २०७७

  • 644
    SHARES

  • इंग्ल्यान्ड  वेष्ट इन्डिज तेस्रो तथा अन्तिम टेष्ट आजबाट

    एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टेष्ट क्रिकेट आज (शुक्रबार) बाट सुरु हुँदैछ ।

    इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको निर्णायक मानिएको टेष्ट म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा सुरु हुनेछ । दुवै टिम अन्तिम टेष्टमा जित निकाल्दै सिरिज कब्जा गर्ने लक्ष्यमा हुनेछन् । दुई टोलीबीचको तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । त्यसैले यस खेल दुबैको लागि महत्वपूर्ण रहेको छ ।

    यस अघि पहिलो टेष्टमा वेष्ट इन्डिज ४ विकेटले बिजयी थियो । तर, दोस्रो टेष्टमा १ सय १३ रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिज बराबरी गरेको थियो । अन्तिम टेष्टका लागि इंग्ल्यान्डका बलर आर्चर जोफ्रा टिममा फर्किएका छन् ।

    यस अघि कोभिड(१९ को जैविक सुरक्षाको नियम उलंघन गरेपछि आर्चर दोस्रो टेष्टमा टिममा थिएनन् । यस्तै जेम्स एण्डरसन र मार्क वुडलाई समेत टिममा राखिएको छ ।

     


    शुक्रवार, श्रावण ९ २०७७११:४२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij