Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रकम लुटिएको नाटक गरेर आपसमा बाँड्ने सहमति गर्ने तीन जना पक्राउ

रकम लुटिएको नाटक गरेर आपसमा बाँड्ने सहमति गर्ने तीन जना पक्राउ

  • बिहिवार, श्रावण ८ २०७७

  • 690
    SHARES

  • रकम लुटिएको नाटक गरेर आपसमा बाँड्ने सहमति गर्ने तीन जना पक्राउ

    जनकपुरधाम । धनुषामा रकम लुटिएको नाटक गरेर आपसमा बाँड्ने सहमति गरेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका २ का २० वर्षीय धिरजकुमार अधिकारी, शहीदनगर नगरपालिका–७ का २१ वर्षीय सुजित मण्डल र जनकपुर उपमहानगरपालिका–१६ का २१ वर्षीय छोटु झा छन् ।

    पक्राउ परेकामध्ये अधिकारी यदुकोहास्थित मोटरसाइकल शोरुमका कर्मचारी हुन् । प्रहरीका अनुसार अधिकारीले शोरुमले बैङ्कमा जम्मा गर्न पठाएको रकम मण्डल र झासँगको आपसी सहमतिमा लुटपाट भएको नाटक गरेर भागबण्डा गर्ने योजना बनाएको खुलेको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बताउनुभयो ।

    अनुसन्धान गर्दा तीनै जनाले आपसी सहमतिमा लुटपाटको नाटक गरेका खुलेको उहाँले बताउनुभयो ।


    बिहिवार, श्रावण ८ २०७७०५:५५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij