Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशका धेरै ठाउँमा वर्षा, यस्तो रहने छ दिनभरको मौसम

देशका धेरै ठाउँमा वर्षा, यस्तो रहने छ दिनभरको मौसम

  • बिहिवार, जेठ १३ २०७८

  • 1.2K
    SHARES

  • देशका धेरै ठाउँमा वर्षा, यस्तो रहने छ दिनभरको मौसम

    काठमाडौं । आज (बिहिबार) देखि आगामी शनिवारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले सचेत रहन मौसमविद्हरुले अनुरोध गरेका छन् ।

    बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै हिमाली क्षेत्रमा हिमपात र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    ठूलो पानीसँगै बाढी, पहिरो तथा डुबानको जोखिम हुने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेतता अपनाउन आग्रह गरेको छ ।

    प्राधिकरणले आँधीको प्रभावका कारण मनसुन सुरु नहुँदै मौसमजन्य विपद् आउन सक्ने भन्दै सतर्कता अपनाउन र विपद् व्यवस्थापनमा खट्न आग्रह गरेको हो ।

    प्राधिकरणले नदी किनारहरुमा सतर्क भएर बस्न र कुनै खतरा भएमा सुरक्षाकर्मीलाई जानकारी गराउन भन्दै विपद् व्यवस्थापनमा संलग्न सरकारी एवम् गैरसरकारी निकाय र विषयगत क्षेत्रलाई उच्च सतर्क अवस्थामा रहन भनेको छ । सम्भावित बाढीको खबर पाउन ११५५ मा फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

    यस्तै प्राधिकरणले पर्वतारोहणका लागि हिमालमा गएको टोलीलाई तुरुन्त सुरक्षित ठाउँमा फिर्ता बोलाउन पनि आग्रह गरेको छ ।


    बिहिवार, जेठ १३ २०७८०६:२८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij