जनकपुरधाम । मृतावस्थामा फेला परेका सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको हत्या भएको आशंका प्रहरीले गरेको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ घर भएका यादवको सिरहाको खिरौनास्थित नहरमा सव फेला परेको थियो । उनको हत्या आशंकामा प्रहरीले तीनजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ पर्नेमा सिरहा नगरपालिका–३ मखनाहाका २५ बर्षीय जयकेशकुमार यादव, २० बर्षीय मंगला भनिने दिपेशकुमार यादव र २२ वर्षीय बुलना भनिने मुकेशकुमार यादव रहेका छन् ।
पक्राउ परेकाहरुलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको डीआईजी सिंहले जानकारी दिनुभयो ।