Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रामपुर नगरपालिकाको अनुकरणीय प्रयास: नगरवासीका लागि आफै खोप किन्ने तयारी

रामपुर नगरपालिकाको अनुकरणीय प्रयास: नगरवासीका लागि आफै खोप किन्ने तयारी

  • आइतवार, जेठ ९ २०७८

  • 1.2K
    SHARES

  • रामपुर नगरपालिकाको अनुकरणीय प्रयास: नगरवासीका लागि आफै खोप किन्ने तयारी

    काठमाडौँ । पाल्पाको रामपुर नगरपालिकाले आफ्ना नगरवासीका लागि कोरोनाविरुद्धको खोप आफैल किन्ने तयारी गरेको छ । आफै खोप किनेर ल्याउन र लगाउन नगरपालिकाले आज (आइतबार) स्वास्थ्य मन्त्रालयसँग अनुमति पनि माग गरेको छ ।

    नगरपालिकाका प्रमुख रमण थापा, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, पत्रकार तथा कलाकार अमृत अधिकारीसहितको टोलीले स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई भेटेर अनुमति मागेको हो ।

     

    188875630_318040489931050_5257199146816727111_n.jpg

    नगरपालिकाको आग्रहलाई सकारात्मक रुपमा लिँदै सरकारको तर्फबाट पनि केही आर्थिक तथा प्राविधिक सहयोग दिने मन्त्री त्रिपाठीले आश्वासन दिनुभएको नगरप्रमुख थापाले जानकारी दिनुभयो ।

    संघीय सरकारले खोप किनेर ल्याउन नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला रामपुर नगरपालिकाको यो प्रयासलाई अनुकरणीय मानिएको छ । रामपुर नगरपालिकाको प्रयास उदाहरणीय रहेको र किनेर ल्याउन तथा भण्डारणको व्यवस्था गर्न सकेमा त्यसका लागि सरकारले पनि सक्दो सहयोग गर्ने विश्वास दिलाउदै मन्त्री त्रिपाठीले खुशी व्यक्त गर्नुभएको थियो ।

    नगरप्रमुख थापाले आफुले पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा र विकास बजेट र जनप्रतिनिधिहरुको भत्ता कटाएर ५० हजार खोप किन्ने योजना नगरपालिकाले बनाएको मन्त्री त्रिपाठीलाई जानकारी दिनुभएको थियो ।

    भारतका तीन कम्पनीसँग खोप किनेर ल्याउनका लागि नगरपालिकाले विभिन्न सम्पर्क सुत्र मार्फत् प्रयास गरिरहेको नगरप्रमुख थापाले बताउनुभयो ।


    आइतवार, जेठ ९ २०७८०५:२२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij