Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

चीनले उपलब्ध गराएको ३० हजार लिटर तरल अक्सिजन तातोपानी आइपुग्यो

चीनले उपलब्ध गराएको ३० हजार लिटर तरल अक्सिजन तातोपानी आइपुग्यो

  • आइतवार, जेठ ९ २०७८

  • 798
    SHARES

  • चीनले उपलब्ध गराएको ३० हजार लिटर तरल अक्सिजन तातोपानी आइपुग्यो

    काठमाडौँ : चीन सरकारले नेपाललाई अनुदानमा दिने अक्सिजन र स्वास्थ सामाग्री अन्र्तगत आज तातोपानी नाकामा अक्सिजन र स्वास्थ सामाग्री आइपुगेको छ ।

    ३० हजार लिटर परिणामका एक सय ५० थान तरल अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामाग्री आइपुगेको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो ।

    उक्त लिक्विड अक्सिजनबाट ४० केजी क्षमताको ६ हजार सिलिन्डर अक्सिजन भरिने प्रमुख गौतमले बताउनु भएको छ । उक्त अक्सिजन र स्वास्थ सामाग्री बुझन स्वास्थ सेवा विभागका महानिर्देशक डा. दीपेन्द्रमान सिंह तातोपानी नाका आइपुगेका छन् । चिनियाँ सरकारका प्रतिनिधिबाट उनले उक्त अक्सिजन र स्वास्थ सामाग्री बुझेको भन्सार प्रमुख गौतमले बताए ।

    ‘अक्सिजन भरिएका सिलिन्डर भन्सारमा जाँचपास गरिदै छ,’ जाँचपास सकिने बित्तिकै आज नै उक्त अक्सिजन भरिएको सिलिन्डर काठमाडौं पठाउने तयारी रहेको प्रमुख गौतमले बताएका छन्। लिक्विड अक्सिजनले भरिएका सिलिन्डर बिस्तारै लैजानु पर्ने भएका कारण राजधानी आज राती पुग्ने पनि गौतमले जानकारी दिए।

    चीनले अनुदानमा नेपाल सरकारलाई अनुदानमा दिइने भनिएको अक्सिजन तातोपानी नाकाबाट आउन थालेको छ । १८ हजार थान अक्सिजन सहितको सिलिन्डर दिने चीनको प्रतिबद्धता अनुरुप बाँकी अक्सिजन भोलिदेखि आइरहने गौतमले बताउनुभएको छ । यसअघि चीनबाट नेपाली ब्यापारीहरुले जेठ ३ गतेदेखि अक्सिजन सिलिन्डर ल्याउन थालेका थिए ।

    गोरखापत्र दैनिकमा खबर छ ।


    आइतवार, जेठ ९ २०७८०६:३१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij