Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेपालमा पनि अब टिकटकबाट आम्दानी गर्न सकिने

नेपालमा पनि अब टिकटकबाट आम्दानी गर्न सकिने

  • शनिवार, जेठ ८ २०७८

  • 2.4K
    SHARES

  • नेपालमा पनि अब टिकटकबाट आम्दानी गर्न सकिने

    काठमाडौं - नेपालबाट सञ्चालन भएका टिकटक एकाउन्टहरुबाट पनि अव आम्दानी हुने भएको छ । शुक्रबारदेखि रिलिज नेपाल प्रालिले टिकटक एकाउन्टहरुको भेरिफिकेसनका लागि काम थालेपछि नेपाली टिकटकबाट पनि आन्दानी हुने भएको हो ।

    टिकटकका लागि नेपालबाट आफूहरु कन्टेन्ट पार्टनर भएकाले टिकटकको एकाउन्ट भेरिफिकेसनका लागि आधिकारीक रुपमा काम गर्ने भएको रिलिज नेपालले जनाएको छ । टिकटक एकाउन्ट भएका कुनै पनि व्यक्तिले भेरिफिकेसनका लागि www.relasenepal.com\tiktok लिंकमा क्लिक गरेर फाराम भर्न सक्ने रिलिज नेपालका प्रशासन विभाग प्रमुख अनुप भासूले जानकारी दिनुभयो ।

    भासूद्धारा जारी वक्तव्यमा लेखिएको छ, “फाराम भरेको ४५ देखि ६० दिन भित्रमा त्यसको टुंगो लगाइने छ । भेरिफिकेसन भएको टिकटक एकाउन्टंमा ब्लु टिक देखिने छ । त्यसपछि त्यो मोनिटाइज पनि हुनेछ । त्यसरी भेरिफिकेसन भइ ब्लु टिक देखिएको र मोनिटाइज भएको टिकटक एकाउन्टबाट प्रसारण भएको सामग्री बापत त्यसका हिस्सेदारहरुले निश्चित रकम समेत पाउने छन् ।”

    मोनिटाइज भएको एकाउन्टमा राखिएको कन्टेन्टमा विज्ञापन आउने र त्यसको निश्चित रकम एकाउन्टका सञ्चालकलाई पनि आउने भएको हो ।

    टिकटक एकाउन्ट भेरिफिकेसन भएमा उड्ने, ह्याक हुनेलगायतका समस्या कम हुने र भएमा पनि चाडै समाधान हुने भएकाले पनि टिकटक एकाउन्ट भेरिफिकेसन गराउनु राम्रो मानिन्छ ।

    रिलिज नेपालले टिकटक एकाउन्ट भेरिफिकेसन बाहेक नेपालमा टिकटक सो, टिकटक अवार्ड जस्ता टिकटकसम्वन्धी कुनै पनि इभेन्टहरु गर्न चाहनेहरुले आफुहरुसँग सम्पर्क गर्नु पर्ने जनाएको छ ।

     


    शनिवार, जेठ ८ २०७८०२:०१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij