Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images
नेपालमा कोरोनाको नयाँ भेरियन्ट

बेलायती भेरियन्टभन्दा ५० प्रतिशत बढी संक्रामक, चिकित्सकहरुको जोड खोपमै

बेलायती भेरियन्टभन्दा ५० प्रतिशत बढी संक्रामक, चिकित्सकहरुको जोड खोपमै

सबै कुरा छाडेर जनताको जीवन बचाउनतिरै लागिपरेको सरकारको दाबी
  • बुधवार, जेठ ५ २०७८

  • 920
    SHARES

  • बेलायती भेरियन्टभन्दा ५० प्रतिशत बढी संक्रामक, चिकित्सकहरुको जोड खोपमै

    काठमाडौँ । कोरोना भाइरस महामारीको दोस्रो लहरसँग पौठेजोडी खेलिरहेको नेपालको स्वास्थ्य प्रणाली नेपालमै तेस्रो भेरियन्ट पुष्टि भएपछि थप चुनौतीपूर्ण हुने देखिएको छ । नेपालमा गत हप्ता कोभिड १९ संक्रमितको ३५ वटा नमुनालाई जिन स्क्विन्सिग गर्दा नेपालमा कोरोनाको तेस्रो भेरियन्ट रहेको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार नै यबारे जानकारी गराइसकेको छ ।

    यस सन्दर्भमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यस अघि देखा परेको भेरियन्ट भन्दा ५० प्रतिशत बढी संक्रामक रहको बताएको छ । शुरुमा बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको र यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समुहका मानिसमा बढी संक्रमण हुने महाशाखा प्रमुख डा.कृष्ण पौडेलको भनाइ छ ।

    नेपालमै कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको आमनागरिक थप त्राहिमाम भएका छन् । यो अवस्थामा स्थिति नियन्त्रणमा लिन मुख्यगरी खोप आयात र वितरण कार्यक्रमलाई नै प्राथमिकता दिनुपर्नेमा चिकित्सकहरुको जोड छ । विगतको जस्तो कमिकमजोरीबाट टाढा रहेर आगामी दिनमा आइपर्न सक्ने थप जोखिम न्यूनीकरणका लागि ध्यानपूर्वक व्यवस्थापनमा गरियो भने कोरोनाको अर्को लहर नफैलिने सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला बताउनुहुन्छ ।

    पहिलेभन्दा अहिले सबैले कोरोनाबाट आफू कसरी बच्ने भन्नेमा नागरिक सचेत रहेकोले अबको नयाँ भेरियन्टले भयानक रुप भने नलिने जनस्वास्थ्यविद्को बुझाइ छ । अझै केही महिना यही लहरबाट नागरिक प्रताडित हुनुपर्ने जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउनुहुन्छ ।

    कोरोना विरुद्धको लडाइँमा अग्रपङतिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले खोप नै महामारीलाई नियन्त्रयामा लिने मुख्य विकल्प भएको बताउँदै आएका छन् । तर खोप आयातका क्रममा कमिसनको खेलमा रुमलिएको र सिन्डिकेटको जालो तोड्न नसकेको भनेर सरकारको निक्कै आलोचना पनि हुँदै आएको छ ।

    सरकारले भने आफ्नो बलबुत्ताले भ्याएसम्म कोसिस गरिहेको बताएको छ । आगामी दिनमा फैलन सक्ने अर्को लहर, आइपर्न सक्ने थप जोखिम र अहिलेको अवस्थाबाट जनतालाई मुक्ति दिलाउन अरु सबै कुरा छाडेर सरकार लागिपरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको भनाइ छ ।

    कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिएसँगै १७ बैशाखदेखि मुलुक निषेधाज्ञाको अवस्थामा छ । निषेधाज्ञा जारी भएको तीन हप्ता पूरा भइसक्दा पनि संक्रमित र मृत्युदरमा भने त्यत्ति कमि आउन सकेको छैन । त्यसैमाथि फेरि ५० प्रतिशत बढी संक्रामक तेस्रो भेरियन्ट पुष्टि भएपछि आमनागरिकमा झनै ठूलो त्रास थपिएको छ ।

    यस्तो अवस्थामा सबै दलहरु राजनीतिक स्वार्थभन्दा माथि उठेर महामारीवरुद्ध लाग्न जरुरी देखिन्छ भने स्वास्थ्य मापदण्डलगायत सरकारबाट जारी निर्देशनको पालना नागरिक स्तरबाट पनि हुनुपर्ने आजको टट्कारो अवश्यक्ता हो ।


    बुधवार, जेठ ५ २०७८०८:१९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij