Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सञ्चालनमा आयो सार्वजनिक सवारीसाधन

सञ्चालनमा आयो सार्वजनिक सवारीसाधन

  • बिहिवार, श्रावण ८ २०७७

  • 480
    SHARES

  • सञ्चालनमा आयो सार्वजनिक सवारीसाधन

    काठमाडौं । झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज करिव आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ । पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आए पनि तीनमा यात्रु कम मात्रै देखिएको छ ।

    अहिलेका लागि मर्मत भएका सवारीसाधन सञ्चालन भए पनि आगामी दिनमा थप सवारी साधन सडकमा आउने महासङ्घले जनाएको छ । सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको झण्डै दुई सातापछि मात्रै मजदूर र महासङ्घले सवारी साधन सञ्चालनको निर्णय गरेका थिए । 

    अझै कतिपय गाडी ग्यारेजमा नै थन्किएर रहेको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार मर्मतपछि बाँकी सवारी साधन पनि सञ्चालनमा आउनेछन् । चालक र सहचालकलाई आवश्यक स्वास्थ्य सावधानीका सामग्री व्यवसायीले उपलब्ध गराएका छन् भने यात्रुलाई पनि माक्स अनिवार्यरुपमा लगाउनुपर्ने भनिएको छ । उहाँले भन्नभुाये, “सबै निकायले तोकिएको दायित्व पूरा गरेपछि सुरक्षित हुन सकिन्छ ।”

    सरकारले साउनभर एउटा जिल्लाभित्र वा एउटा जिल्लाबाट अर्को जिल्लामा सवारसाधन चलाउन पाउने निर्णय गरेको छ । यातायात व्यवसायीले भने सबै रुट खुल्ला गर्नुपर्ने भन्दै यातायात व्यवस्था बिभागमा भनिरहेका छन् । महासचिव सिटौलाले भन्नुभयो, “कोही व्यक्ति नौबिसे आएर काठमाडौँ आउन नपाउने गर्नु हुँदैन ।”

    यसअघि सरकार र व्यवसायीबीच यातायात श्रमिकको समूह कोरोना बीमाका लागि नेपाल सरकारले ५० प्रतिशत र सम्बन्धित व्यवसायीले ५० प्रतिशत बीमाङ्क रकम उपलब्ध गराउने सहमति भएको थियो ।

    त्यस्तै, यातायात श्रमिकको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि सरकारको तर्फबाट कोष स्थापना गराउने सहमति भएको थियो । त्यस्तै, श्रमिकको आवश्यक माक्स, पञ्जा, स्यानिटाजर र पिपिई व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको छ । रासस


    बिहिवार, श्रावण ८ २०७७१२:२४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij