काठमाडौं - कोरोना भाइरस संक्रमित नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौं जिल्लाका उपाध्यक्ष तथा काठमाडौं महानगरपालिकाकाअन्तर्गत सफाई विभागका कर्मचारी योगेश केसीले बेड नपाएर सरकारसँग पूकारा गरेकोप्रति नेपाल ट्रेड कांग्रेस काठमाडौं जिल्ला समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष देवीप्रसाद भुसालले आज एक विज्ञप्ति जारी गर्दै नेपाल सफाई श्रमिक संघका अध्यक्षसमेत रहेका केसीले भोगेको पिंडाले सरकारको गैरजिम्मेवारीपन छर्लङ्ग भएको बताउनुभएको छ ।
कोरोना संक्रमित कर्मचारी योगेश केसी ।
‘काठमाडौं महानगरपालिकाका सफाई विभागका कर्मचारी योगेश केसीले अक्सिजन र बेडसमेत नपाएादा उहाँले यो राज्यसँग एउटा अस्पतालमा बेडका लागि गर्नुभएको अपिलले यो सरकारको अवस्था र जनताप्रतिको दायित्व छर्लङग हुन्छ‘ विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समयमा कोरोनाबाट श्रमिकहरु बढी प्रभावित भएको जनाउँदै अध्यक्ष भुसालले सबै सम्पूर्ण श्रमिक नागरिकलाई सहज उपचारको व्यवस्था मिलाइ देशमा सरकारको उपस्थितिको प्रत्याभूत गराउन मागसमेत गर्नुभएको छ ।
काठमाडौं महानगरपालिका -१५ मा कार्यतरत सफाई कर्मचारी केसीले टेकु अस्पतालमा बेड नपाएर पूकारा गरेको समाचार बाहिरिएको थियो । उहाँले आफूले भनसुन गर्दा पनि कुनै अस्पतालमा बेड नपाएको गुनासो गर्नुभएको थियो ।
यस्तो छ विज्ञप्ति :
