Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

सरकार, एउटा बेड पाऊँ, प्लिज !

सरकार, एउटा बेड पाऊँ, प्लिज !

  • मंगलवार, जेठ ४ २०७८

  • 736
    SHARES

  • सरकार, एउटा बेड पाऊँ, प्लिज !

    काठमाडौं । कोरोनाका एक बिरामी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आँगनमा अक्सिजन लिँदै छटपटाइरहेका थिए। मैले तस्बिर खिच्ने क्रममा लेन्स घुमाउँदै गर्दा ती बिरामीले हातको इसाराले आफूतिरै बोलाए।

    म दोधारमा परेँ– जाऊँ कि नजाऊँ ? कोरोना महामारीको यो डरलाग्दो क्षण म कसरी जाऊँ रु जो कोरोना संक्रमणपछि अक्सिजन पाए पनि बेड नपाएर अस्पताल बाहिरै छटपटाइ रहेका छन्।

    सोचेँ– जान्नँ। ज्यानभन्दा ठूलो केही छैन।

    ती बिरामीले फेरि हातले इसारा गरेर बोलाए।

    मेरा पाइला अन्ततः बिरामी भएतिरै बढे। उनले समस्या बताउन थाले। मैले भौतिक दूरी कायम गरेर भिडियो खिच्न थालेँ। तर, अक्सिजनको एकोहोरो आवाजले राम्रो सुनिएन।

    उनले नजिकै मोबाइलमा रेकर्ड गरेर मलाई सुनाउन चाहे। तर, बोल्न गाह्रो भयो। तब उनले आफ्नो सहयोगीका रूपमा अस्पताल आएका छिमेकी सेख नजमुल हुदालाई इसारा गरे। हुदाले एकान्तमा लगेर बेली विस्तार लगाए।

    हुदाका अनुसार कोरोना संक्रमित योगेश केसी रहेछन्। केसी काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा काम गर्छन्। नेपाल सफाइ श्रमिक संघका अध्यक्षसमेत रहेका केसीलाई महानगरमा काम गर्दागर्दै संक्रमण भयो।

    उनले भनसुन गर्दा पनि कुनै अस्पतालमा बेड पाएका छैनन्। अक्सिजन नहुँदा सास फेर्न गाह्रो भएपछि सोमबारै टेकु अस्पताल आएका रहेछन्।

    कुराकानीकै क्रममा उनका छोरासँग पनि भेट भयो। उनले भने, ‘मेरा बुवाले महानगरमा काम गर्दागर्दै घरमा कोरोना रोग ल्याउनुभयो। हामी परिवारका सदस्य सबै नौ जना नै संक्रमित छौं। मलाई अझै कोरोना निको भएको छैन। परिवार अनि बुवालाई बचाउन सकि नसकि हिँडिरहेको छु।’

    उनका अनुसार केसी अरूलाई पीरमर्कामा सहयोग गर्थे। ‘साथीहरूको समस्या सुन्दासुन्दै आज उहाँ आफैं संक्रमित हुनुभएको छ। हामीलाई पर्दा कसैले हेरेनन्’, उनले भने, ‘महानगरपालिकमा मेरा बुवाको राम्रो चिनजान छ। स्वयम्भू क्षेत्रमा सबैले चिन्छन्। राम्रो काम गरेको भनेर सबैले प्रशंसा पनि गरेको सुनिन्छ। तर, आज आपत् पर्दा महानगरका पदाधिकारीहरू कसैले वास्ता गर्दैनन्।’

    अन्नपूर्ण


    मंगलवार, जेठ ४ २०७८०७:५५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij