Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

थुलुङ दुधकोशीका अध्यक्ष राईले बनाए आफू चढ्ने गाडीलाई एम्बुलेन्स

थुलुङ दुधकोशीका अध्यक्ष राईले बनाए आफू चढ्ने गाडीलाई एम्बुलेन्स

  • सोमवार, जेठ ३ २०७८

  • 2.4K
    SHARES

  • थुलुङ दुधकोशीका अध्यक्ष राईले बनाए आफू चढ्ने गाडीलाई एम्बुलेन्स

    काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईले आफू चढ्ने गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने हुनुभएको छ । जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा गाउँपालिकाले अध्यक्ष राईको गाडीसहित ३ वटा सवारीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएको छ ।

    सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले कोरोना महामारीको जटिल अवस्थामा ३ वटा सवारी साधन तयारी अवस्थामा राख्ने र विरामीलाई निशुल्क उद्धार गर्ने निर्णय गरेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

    लक्षण देखिएका संक्रमितलाई गाउँपालिकाद्वारा सञ्चालित अक्सिजन कन्सन्ट्रेटर सहितको अस्थायी हस्पिटलमा राखेर उपचार गरिने निर्णय पनि बैठकले गरेको छ । लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा राखिने निर्णय गरिएको छ ।

    होम आइसोलेसनमा बस्नेका लागि पालिकाले मेडिकल किट (पल्स अक्सिमिटर, सिटामोल, मास्क, स्यानिटाइजर) लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउने र दैनिक दुई पटक स्वास्थ्य परामर्श प्रदान गर्ने तयारी गरिएको छ ।

    फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने वितरण गर्ने निर्णय गरेको छ । तत्कालको लागि एक महिना न्यूनतम पारिश्रमिकको ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने निर्णय गरेको पालिका अध्यक्ष राईले बताउनुभयो ।

     


    सोमवार, जेठ ३ २०७८०८:३१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij