Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

  • बिहिवार, श्रावण ८ २०७७

  • 680
    SHARES

  • वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

    कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी भएको छ । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ ।

    आगजनी कसले र किन ग¥यो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कार्यालयमा आगजनी हुँदा कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन नसकेपछि झ्यालको सिसा फोरेर पेट्रोल छर्किइ आगजनी गरिएको छ ।
    अहिले क्षतिको विवरण संकलन भइरहेको वडाध्यक्ष सिंहले बताउनुभयो ।


    बिहिवार, श्रावण ८ २०७७११:४९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij