Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एसएसपी अधिकारीलाई अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न अनुमति

एसएसपी अधिकारीलाई अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न अनुमति

  • बिहिवार, श्रावण ८ २०७७

  • 803
    SHARES

  • एसएसपी अधिकारीलाई अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई थप सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । यसअघि उनलाई प्रहरीले सात दिन हिरासतमा राखेर अनुन्धान गरिसकेको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठका अनसार जिल्ला अदालत कास्कीले अधिकारीमाथि अनुसन्धान गर्न सात दिन म्याद थप गरेको हो ।

    चितवनकी करिब २७ वर्षकी युवतीले आफूलाई अधिकारीले खाना खान बोलाएर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा ३१ असारमा फोनमार्फत जानकारी गराएकी थिइन् ।

    घटनाको प्रकृति, घटनास्थलको अवलोकन र सामान्य अनुसन्धानपछि प्रहरीले एसएसपी अधिकारीलाई पक्राउ गरेको थियो ।


    बिहिवार, श्रावण ८ २०७७११:४१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij