Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

आजबाट चिनियाँ खोप ‘भेरोसेल’को दोस्रो डोज लगाइँदै

आजबाट चिनियाँ खोप ‘भेरोसेल’को दोस्रो डोज लगाइँदै

  • आइतवार, जेठ २ २०७८

  • 1.2K
    SHARES

  • आजबाट चिनियाँ खोप ‘भेरोसेल’को दोस्रो डोज लगाइँदै

    काठमाडौँ । कोरोना विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को दोस्रो डोज आजबाट लगाइँदै छ । पहिलो डोज लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर खोप लगाउन सक्ने वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार चैत २५, २६, २७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाले आज, चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते, चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेठ ४ गते, बैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, बैशाख ५ र ६ गते खोप लगाएकाले जेठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन् ।

    यस्तै, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, बैशाख १३ गते पहिलो डोज लिएकाले जेठ ९ गते दोस्रो डोज लिन सक्नेछन् ।

    बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेठ १० र बैशाख १५ गते पहिलो डोज लगाएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन् ।
    काठमाडौंमा संक्रमण फैलिरहेको अवस्थामा धेरै भिडभाड हुन नदिन यसपटक काठमाडौंमा करिब ५० वटा खोप केन्द्रहरुको व्यवस्था गरिएको छ । पहिलो डोज भने निश्चित अस्पताल र स्वास्थ्य केन्द्रबाट मात्रै प्रदान गरिएको थियो ।

    दोस्रो डोज भने काठमाडौं महानगरपालिकाको ३२ वटै वडाबाट प्रदान गरिनेछ । त्यसका लागि ३२ वटा खोप केन्द्रहरु छुट्याइएको छ । चीनमा उत्पादित ‘भेरोसेल’ खोप चैत २५ बाट लगाउन सुरु गरिएको थियो । चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।


    आइतवार, जेठ २ २०७८०९:२३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij