Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बारामा चट्याङ लागेर चार महिलाको ज्यान गयो

बारामा चट्याङ लागेर चार महिलाको ज्यान गयो

  • बिहिवार, आषाढ १८ २०७७

  • 1.1K
    SHARES

  • बारामा चट्याङ लागेर चार महिलाको ज्यान गयो

    काठमाडौं । बाराका दुई छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर चार जना महिलाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् ।

    बिहीबार (आज) बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपीरहेका कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो ।

    चट्याङ लागेर गम्भीर घाइते भएकी महतो र खातुनलाई उपचारका लागि कलैया अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

    यसैगरी सोही समयमा परेको चट्याङ लागेर खेतमा धान रोपिरहेका फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको पनि मृत्यु भएको डीएसपी मिश्रले बताउनुभयो । घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।


    बिहिवार, आषाढ १८ २०७७०९:३८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij