Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना नियन्त्रणको लागि ७३ जिल्लामा निषेधाज्ञा, काठमाडौंमा थप कडाइ गरिने

कोरोना नियन्त्रणको लागि ७३ जिल्लामा निषेधाज्ञा, काठमाडौंमा थप कडाइ गरिने

  • बिहिवार, बैशाख ३० २०७८

  • 976
    SHARES

  • कोरोना नियन्त्रणको लागि ७३ जिल्लामा निषेधाज्ञा, काठमाडौंमा थप कडाइ गरिने

    काठमाडौं । नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमण बढेपछि ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

    वैशाख ७ देखि जारी निषेधाज्ञा ७३ जिल्लामा विस्तार भएको हो । त्यसमध्ये ६७ जिल्लामा पूर्ण र ६ जिल्लामा आंशिक आदेश जारी भएको छ ।

    अब चार जिल्ला मात्र खुला छन् । गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व तेह्रथुम र खोटाङले मात्र निषेधाज्ञा लगाएका छैनन् । पछिल्लो पटक निषेधाज्ञा गरिएको जिल्लामा भोजपुर र मुस्ताङ छन् ।

    काठमाडौं उपत्यकामा भने आज (बिहिबार) देखि आगाी जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागू भएको छ । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले सो निर्णय गरिएको हो ।

    औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।

    निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लास्थित कार्यालय वैशाख ३० गतेदेखि बन्द गर्न÷गराउन आदेश जारी गरिएको छ । अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा काम गर्न भनिएको छ ।

    प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार यसपालि निषेधाज्ञामा बिहान १० बजेसम्म अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुने छन् । मानिसका भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ ।

    साथै सार्वजनिक र निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।

    अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।

    विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ ।


    बिहिवार, बैशाख ३० २०७८०७:२१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij