Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

सोह्रखुट्टेबाट समातिए रकमसहित २५ 'जुवाडे', कति रकम थियो उनीहरुको साथमा ?

सोह्रखुट्टेबाट समातिए रकमसहित २५ 'जुवाडे', कति रकम थियो उनीहरुको साथमा ?

  • बुधवार, बैशाख २९ २०७८

  • 917
    SHARES

  • सोह्रखुट्टेबाट समातिए रकमसहित २५ 'जुवाडे', कति रकम थियो उनीहरुको साथमा ?

    काठमाडौं । काठमाडौंको सोह्रखुट्टेबाट २५ जना जुवा खेल्ने (जुवाडे) समातिएका छन् ।

    प्रहरीको एक टोलीले काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको फेवा दर्शन होटलबाट २५ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुलाई मंगलबार पक्राउ गरिएको हो ।

    प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनसार होटल सञ्चालक पिताम्बर गौतम पनि पक्राउ परेका छन् ।

    उनीहरूको साथबाट प्रहरीले १० लाख ९० हजारभन्दा बढी रुपैयाँ पनि फेला पारेको छ । त्यो जुवा खेल्नका लागि प्रयोग गरिएको प्रहरीको दाबी छ ।

    साथै, उनीहरूबाट प्रहरीले क्यासिनोमा खेल्न प्रयोग गरिने क्वाइनहरू समेत बरामद गरेको छ ।

    उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।


    बुधवार, बैशाख २९ २०७८११:५८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij