Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना नियन्त्रणका लागि पूर्ण र आंशिक गरी ७२ जिल्लामा निशेषाज्ञा जारी (सूचिसहित)

कोरोना नियन्त्रणका लागि पूर्ण र आंशिक गरी ७२ जिल्लामा निशेषाज्ञा जारी (सूचिसहित)

  • बुधवार, बैशाख २९ २०७८

  • 1.2K
    SHARES

  • कोरोना नियन्त्रणका लागि पूर्ण र आंशिक गरी ७२ जिल्लामा निशेषाज्ञा जारी (सूचिसहित)

    काठमाडौं । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ ।

    लमजुङमा गएराति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ । भोजपुरमा आज राति १२ बजेदेखि लागू हुने गृह मन्त्रालयले जनाएको छ । निषेधाज्ञा जारी हुन बाँकी जिल्लाहरुमा अब मनाङ, मुस्ताङ, खोटाङ, रुकुम पुर्व र तेह्रथुम गरी पाँच वटा मात्रै रहेका छन् ।

    मन्त्रिपरिषद्को निर्णयानुसार संक्रमणको जोखिम मूल्याङ्कन गरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्ने छन् । मन्त्रालयका अनुसार निषेधाज्ञा घोषणा गरिएका ७२ जिल्लामध्ये ६५ जिल्लामा पूर्ण र सात जिल्लामा आंशिक मात्रै लागू गरिएको छ ।

    आशिंक निषेधाज्ञा घोषणा गरिएका सात जिल्ला काभ्रे, मकवानपुर, रामेछाप, ताप्लेजुङ, सिन्धुपाल्चोक, धनकुटा र सप्तरीमा संक्रमित बढी देखिएका ठाउँमा मात्रै निषेधाज्ञा लागू भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिएका छन् ।

    तराईं–मधेस तथा उपत्यकाका जिल्लामा ५०० र पहाडी जिल्लामा २०० सक्रिय संक्रमित पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने ब्यवस्था छ । काठमाडौं उपत्यकामा यसअघि लागु गरिएको निषेधाज्ञा आज राति सकिदैछ । भोलिदेखि थप १५ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय भइसकेको छ ।

     

     
     
     


    बुधवार, बैशाख २९ २०७८०८:५७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij