Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

चीनबाट स्वास्थ्य सामग्री लिएर वाइडबडी विमान आज आइपुग्ने

चीनबाट स्वास्थ्य सामग्री लिएर वाइडबडी विमान आज आइपुग्ने

  • मंगलवार, बैशाख २८ २०७८

  • 763
    SHARES

  • चीनबाट स्वास्थ्य सामग्री लिएर वाइडबडी विमान आज आइपुग्ने

    काठमाडौं । चीनले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि अनुदानस्वरूप दिएको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्दैछ ।

    अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन वायुसेवा निगमको वाइडबडी विमान हिजो बेइजिङ पुगेको थियो । विमानले पहिलो खेपमा चार सयवटा सिलिन्डर ल्याउने छ  ।चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा गरिसकेको छ ।

    भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री भने स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने बताइएको छ । स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको हो ।


    मंगलवार, बैशाख २८ २०७८०८:४४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij