Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

कक्षा १२ र एसइईको परीक्षा स्थगित

कक्षा १२ र एसइईको परीक्षा स्थगित

  • सोमवार, बैशाख २७ २०७८

  • 1.0K
    SHARES

  • कक्षा १२ र एसइईको परीक्षा स्थगित

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र एसईई को परीक्षा स्थगित गरेको छ।

    सोमबार बिहान बसेको बोर्डको बैठकले परीक्षा स्थगित गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभयो। ‘कोरोना संक्रमण फैलिनेक्रम जारी छ,’उहाँले भन्नुभयो,‘त्यसैले अर्को सूचना नआउन्जेलसम्मको लागि परीक्षा स्थगित गरेका हौ।’

    बोडले जेठ १३ गतेबाट एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। हाल ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् भने कक्षा १२ मा करिब ४ लाख परीक्षार्थी रहेका छन्।

    गतवर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको थियो। बोर्डले कक्षा १२ को अन्तिम परीक्षा जेठको २६ देखि असार ४ गतेसम्म गर्ने निर्णय गरेको थियो।

     

     


    सोमवार, बैशाख २७ २०७८१०:५०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij