काठमाडौं । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच पुनः सुरु हुने भएको छ । बुधबारबाट नियमित रुपमा चाँज थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताउनुभयो ।
सावधानी अपनाएर जाँच गरिने र अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइने उहाँले बताउनुभयो । महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो ।
त्यसबेलादेखि रोकिएका सचेतना कक्षा पनि अब सुरु हुने एसएसपी ढकालले बताउनुभयो ।